Jun 02, 2022
चर्को ब्याजदर को समस्या  समाधान गरिनुपर्ने बिषयमा छलफल । 

२०७९ जेठ १९ गते 

सिद्धार्थ उद्योग वाणिज्य संघ - रुपन्देहीको सचिवालयमा उद्योगी व्यवसायीहरूले भोग्नु परेको बैंक तथा वित्तीय संस्था सम्बन्धी समस्या समाधानका बिषयमा उद्योगी व्यवसायी र बैर्कर्सहरु विच छलफल कार्यक्रम सम्पन्न गरियो । 

अध्यक्ष भीष्मप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न छलफलमा अध्यक्षज्यूले टर्म लोनको ब्याजदर बढाउने बढदो व्याजदरले साना तथा मझौला उद्योगी  व्यवसायीहरुलाई उद्योग व्यावसाय नै बन्द गर्नु पर्ने अवस्था सृजना भएको, आधार दर घटाउने, कारोवार नदेखिएको भनि ऋण घटाउन दवाद दिने बिषय समाधान गर्न बैंकर्सहरुले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो । 

संघका महासचिव विजय पाण्डेको संचालन तथा बरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले धन्यवाद दिनु भएको उक्र कार्यक्रममा बैंकर्स संघ भैरहवाका अध्यक्ष खिमबहादुर खत्रि लगायत विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रमुखहरुको साथै संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु , उद्योगी व्यवसायीहरुको सहभागिता रहेको छलफलमा दुबै पक्षले समस्या समाधानको लागि आ-आफ्नो निकायहरुमा समाधानको लागि पहल गर्ने बताईएको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by