Jun 08, 2022
उद्योग वाणिज्य संघ–चितवनको बेकरी बनाउने सम्बन्धिततालिम सम्पन्न

जेठ २५ भरतपुर

उद्योग वाणिज्य संघ–चितवनको आयोजना र  स्पाउज क्लब अफ आरसी चितवनको सहकार्यमा बेकरी बनाउने सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । संघको सभा हलमा सञ्चालन गरिएको उक्त कार्यक्रमलाई समापन गर्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले यस तालिमले वेकरी सम्बन्धी व्यवसाय गरी रहनु भएका व्यवसायीलाई थप नयाँ कुरा सिक्ने अवसर मिल्नुका साथै नयाँ सिक्न आउनु भएकालाई पनि व्यवसाय गर्न हौसला प्रदान गरेको बताउंदै उहाँले संघले यस्ता तालिमहरु आयोजना गरिरहने बताउनु भयो । 

सोही कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवका कार्य समिति सदस्य एवम् तालिम संयोजक योगिता पियाले तालिमवाट सिकेको अनुभवलाई आर्थिक उन्नति लगाउनु पर्ने बताउनु भयो । सोही कार्यक्रममा बोल्दै स्पाउज क्लब अफ आरसी चितवनका अध्यक्ष कविता चुकेले तालिमले व्यक्तित्वमा निखार ल्याउने र आय आर्जनमा समेत सहयोग पुर्‍याउने बताउँदै कार्यक्रम महत्त्वपूर्ण भएको बताउनु भयो । 

सोही कार्यक्रममा वोल्दै प्रशिक्षार्थी स्वस्तिका तिवारीले यो तालिम छोटो समयको भएकाले पहिलो खुड्किला मात्र चढेको र अव पनि अझै एड्भान्स वेकरी तालिम आयोजना गरी सहभागी गराउनु हुन अनुरोध गर्नु भयो । 

दुई दिनसम्म सञ्चालन भएको तालिममा ज्योती जोशीले प्रशिक्षकको भूमिका निर्वाह गर्नु भएको थियो । 

४५ जना सहभागिता रहेको तालिमको समापन कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पदाधिकारी, कार्यसमिति सदस्यज्यूहरु एवं स्पाउज क्लब अफ आरसी नारायणगढका अध्यक्ष तथा पदाधिकारी, संघका कार्यकारी निर्देशक निल बहादुर केसी लगायतको उपस्थिति रहेको थियो । क्लवका अध्यक्ष कविता चुकेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नु भएको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by