Jun 19, 2022
योग शिविर सम्पन्न

५ असार, भरतपुर ।

विश्व योग दीवसको अवसरमा आज बृहत योग शिविर सम्पन्न भएको छ । भरतपुर महानगरपालिका १ नारायणी नदी किनार नारायणगढमा उक्त शिविर सम्पन्न भएको हो । 

भारतीय महावाणिज्य दुवावास विरगंजको आयोजना तथा उद्योग वाणिज्य संघ–चितवन, नेपाल भारत मैत्री संघ, आर्ट अफलिभिङको सह आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । मानवता, शान्ति, स्वास्थ्य तथा  सद्भावका लागी योगा भन्ने मूल नाराका साथ शिविर सम्पन्न भएको हो । 

जुन २१ तारिकमा पर्ने विश्व योगा दिवसको अवसर पारी उक्त कार्यक्रमको आयोजना गरिएको हो । योगा कार्यक्रम बागमती प्रदेशका माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको प्रमुख आतिथ्यता एवम्, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, भारतीय महावाणिज्य दुतावासका महावाणिज्यदुत नितेश कुमारको आतिथ्यतामा सम्पन्न भएको हो । योगा कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पदाधिकारी, कार्यसमिति सदस्य, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी , उवासंघ चितवनका साधारण सदस्य र सर्वसाधारण लगायत ५ सय जनाको सहभागिता रहेको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by