Aug 13, 2022
बैंकिङ तथा कर सम्बन्धी तालिम सम्पन्न

साउन २८ भरतपुर

उद्योग वाणिज्य संघ चितवनको साभाहलमा एक दिवसिय बैंकी· तथा कर सम्बन्धी तालिम उद्योग वाणिज्य संघ–चितवन र नारायणढ जेसीजको सयुक्त आयोजनामा सम्पन्न भएको छ । व्यवसायीहरुलाई बैंकी· नीति तथा कर सम्बन्धी जानकारी दिने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ–चिततवनका अध्यक्ष चुननारायण श्रेष्ठले व्यवसायलाई सक्षम व्यवस्थीत ढंगबाट व्यवस्थापन गर्नका लागि बैंकि· तथा कर नीतिहरु संघ अपडेट भईरहनु् पर्ने बताउनु भयो । उहांले सरकारले लिएका बैंकि· तथा कर सम्बन्धि नयाँ नीति, लगायतका बिषयमा व्यवसायीलाई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । 

कार्यक्रममा बैकिङ नीति सम्बन्धी सुवर्ण बुढाथोकी र कर सम्बन्धी  विमन कार्कीले पशिक्षणको भूमिका गर्नुभएको थियो । 

प्रशिक्षक सुवर्ण बुढाथोकीले बैंक र व्यवसायको भुमिकाको बारेमा व्यवसायीहरुलाई जानकारी दिनुभएको थियो भने कर सम्बन्धी प्रशिक्षक विमान कार्कीले व्यवसाय र करको बारेमा व्यवसायीहरुलाई जानकारी दिनु्भएको थियो । 

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्ष दय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली नारायणगढ जेसीजका पुर्व अध्यक्षहरु, उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति बस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि, नारायणगढ जेसीजका कार्यसमिति र व्यवसायी सहित ७० जना उपस्थित रहेको थियो । नारायणगढ जेसीजका अध्यक्ष अमृतकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम नारायणगढ जेसीसका परिवर्तन रेग्मीले सञ्चालन गर्नुभएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by