Aug 22, 2022
कैलालीका उद्यमी व्यसावयी चितवनमा

६ भदौ 

उद्योग वाणिज्य संघ–चितवनले कैलाली उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीलाई आज एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष श्री पुष्पराज कुंवरको नेतृत्वमा आएको भम्रण टोलीलाई संघले स्वागत गरेको हो । 

नेपालको विभिन्न सफल उद्योग वाणिज्य संघहरुको अध्ययन अवलोकन गर्ने सर्दभमा उद्योग वाणिज्य संघ–चितवन आएको हो । स्वागत एवं छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले यस किसिमको कार्यक्रमले व्यवसायिक साथसाथै संस्थागत एकता सुदृढ गर्नमा समेत सहयोग पुर्‍याउने बताउनु भयो । उद्योग वाणिज्य संघ–चितवनको संक्षिप्त जानकारी दिदैं अध्यक्ष श्रेष्ठले निजी क्षेत्रका संलग्नता विना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने हुनाले सरकारले नीजि क्षेत्रलाई हातेमालो गर्दै जानु पर्ने बताउनु भयो । 

सोही कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष राजन गौतमले उहाँहरुलाई स्वागत गर्दै यस्ता किसिमका भेटघाटले दुई उद्योग वाणिज्य संघको मित्रता बढ्नुका साथै सरकार संघ पहल गर्नुपर्ने दुवै संघका समस्याहरुको पनि पहिचान हुने बताउनु भयो । उहाँले उद्योग वाणिज्य संघहरुले व्यवसायिक हितका लागि मात्र नभई राष्ट्रिय हितका विषयमा पनि कुरा उठाउन पर्ने बताउनु भयो । देशमा बढ्दो खाद्यान्न आयातलाई रोक्न खाद्यान्न उत्पादनमा सरकारको ध्यान जान जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुंवरले उद्योग वाणिज्य संघ–चितवनले गरेको आतिथ्यता तथा कार्य प्रगतीको प्रशंसा गर्दै आफ्नो संघको संक्षित जानकारी दिन ुहुदै व्यवसायिक ऐक्यबद्धताका लागि उद्योग वाणिज्य संघ–चितवनसँग सँगसँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहांले उवासंघ चितवनबाट सिकेका कुरालाई आफ्नो संघमा पनि लागु गर्ने बताउनु भयो ।

सोही अवसरमा उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर के.सीले संघका विगत देखि वर्तमान सम्मका गतिविधि लगाएत आगामी कार्यक्रमहरुको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । उहांले उवासंघ चितवनबाट सिकेका कुरालाई आफ्नो संघमा पनि लागु गर्ने बताउनुभयो ।

कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुंवरको नेतृत्वमा कार्यसमिति सदस्य, महिला उद्यमी लगायत १४ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो । यसै गरि  कैलाली उद्योग वाणिज्य संघका पुर्व महासचिव रुपेश स्वांर, सचिव शुरेष पाण्डे, लगायत पदाधिकारी कार्यसमितिको उपस्थिति रहेको थियो । टोलीले संघको सचिवालय र नारायणी नदीकिनारको अवलोकन समेत गरेको थियो । 

कार्यक्रम उवासंघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षता तथा उद्योग वाणिज्य संघ चितवका दित्तिय उपाध्यक्ष राजेन्द्र ओली धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले को सञ्चालनमा सम्पन्न भएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by