Oct 12, 2022

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र मार्फत दक्षिण कोरिया र इजरायलमा कृषि क्षेत्रमा प्रशीक्षार्थी पठाउने भन्ने सम्बन्धमा विभिन्न संचार माध्यम एवं सामाजिक संजालमा आएका सूचना एवं समाचार सत्य नभएको महासंघ सबैमा प्रष्ट पार्दछ । दक्षिण कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा महासंघले कुनैपनि निर्णय नगरेको समेत सबैमा जानकारी गराउन चाहन्छौ । 

यसरी प्रशिक्षार्थी पठाउनेबारे महासंघले आफ्ना कुनै पनि सदस्यहरूलाई आग्रह नगरेको एवं प्रशिक्षार्थी पठाउने कुनै पनि कार्यक्रम नरहेकोले सोही अनुसार सूचना प्रवाह गर्न महासंघ आफ्ना सम्पूर्ण सदस्यहरूलाई पनि सूचित गर्दछ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by