Oct 15, 2022
नेपालका निजी क्षेत्रको अवस्थाबारे प्रतिवेदन तयार गर्न नेपाल उद्योग वाणिज्य महासंघ तथा अन्तर्राष्ट्रिय वित्त निगम बीच सहकार्य (२०७९/०६/२९)

नेपाली निजी क्षेत्रको अवस्थाको मूल्याङ्कन गरी निजी क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदान प्रकाश पार्दै यस क्षेत्रको विकासमा नीति निर्माताहरूलाई जानकारी गराउन नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले हातेमालो गर्ने सहमति गरेका छन् । 

यो सहकार्यबाट एक संयुक्त प्रतिवेदनको तयार हुनेछ । यस प्रतिवेदनले देशमा निजी क्षेत्रको लगानीबाट मुलुकको विकासमा पारेको प्रभावका बारेमा तथ्याङ्क, अवधारण, विश्लेषण र नीतिगत सुझावहरू प्रस्तुत गर्नेछ । यस कार्यले, सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाहरूबीच निजी क्षेत्रको विकासका सवालहरूबारे नीतिगत बहसका लागि आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्य लिएको छ । 

सन् १९९० यता नेपालको निजी क्षेत्रको वृद्धि गुणात्मक रहेको छ । ९९ प्रतिशतभन्दा बढी औपचारिक व्यवसायहरू निजी क्षेत्रको स्वामित्वमा छन्, र यसमा शिक्षा तथा स्वास्थ्यजस्ता सामाजिक क्षेत्रहरूमा गरिएका उल्लेख्य लगानी समावेश छ । त्यसैगरी, पूंजी निर्माण तथा रोजगारीका अवसरको सिर्जनामा निजी क्षेत्रको बढ्दो उपस्थिति रहेको छ– मुलुकभित्र लाखौं जनशक्ति निजी क्षेत्रमा, विशेषगरी कृषिमा आबद्ध रहेका छन् । यति हुंदाहुंदै पनि, दक्षिण एशियाली मुलुकहरूमध्ये औद्योगिक क्षेत्रमा नेपालको औसत श्रम उत्पादकत्व हालसम्म पनि न्यून रहेको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भने, “नेपालका विकास सम्बन्धी लक्ष्यहरू हासिल गर्नका लागि निजी क्षेत्रको थप विकास तथा सुदृढीकरण आवश्यक छ । बृहत् तथा सुसुचित नीतिगत सुधार एवम् सार्वजनिक तथा निजी क्षेत्रबीच बहसबाट मात्रै यो हासिल गर्न सम्भव रहेको छ । त्यसैले, यस प्रतिवेदनमा सरकारी तथ्याङ्कको पनि प्रयोग गर्न सकिएमा, यस विषयमा सहयोग पुर्याउन यो प्रतिवेदनको महत्वपूर्ण भूमिका हुनेछ ।”

उदयीमान बजारहरूका निजी क्षेत्रमा केन्द्रित रहेको विश्वको सबैभन्दा ठूलो विकास साझेदारको रूपमा अन्तर्राष्ट्रिय वित्त निगम नेपालमा बजार तथा अवसरहरूको विकासका लागि सहयोग गर्न प्रतिबद्ध रहेको छ । यसका लागि घरेलु तथा विदेशी लगानीकर्ताहरूका लागि लगानी गर्ने वातावरणमा थप सुधार गर्न आवश्यक छ । 

अन्तर्राष्ट्रिय वित्त निगमका नेपालका लागि आवासिय प्रतिनिधि बाबाकार एस. फायेले भने– “सार्वजनिक–निजी क्षेत्रबीचको नीतिगत बहसलाई थप सुसुचित गर्नुका साथै नेपाली नागरिकहरूको हितका लागि निजी क्षेत्रले विकासमा पार्ने प्रभाव अभिवृद्धि गर्र्न निजी क्षेत्रको अवस्थाबारे सघनरूपमा अनुसन्धान गरिएको विश्लेषणात्मक आवधिक प्रतिवेदन महत्वपूर्ण हुनेछ ।” 



FNCCI and IFC Join Hands to Produce a Report on State of Private Sector in Nepal (10/15/2022)

FNCCI and The IFC have agreed to collaborate on examining the state of the private sector in Nepal to showcase the private sector’s contribution to the economy and help inform policymaking for private sector development.

The collaboration will notably take the form of a joint report, which will generate data, insights, analysis, and policy recommendations on the development impact of private investments in the country.  In doing so, it aims to inform policy dialogues on private sector development issues among government, private sector, development partners and other stakeholders

Nepal’s private sector has grown exponentially since the 1990s. Over 99 percent of formal firms are privately-owned, with private ownership significantly present even in social sectors such as education and health. Accordingly, the private sector has an increasingly large share of capital formation and job creation. However, Nepal still has one of the lowest aggregate labor productivities in manufacturing in South Asia. 

“For Nepal to achieve its development objectives, the private sector will need to be further developed and strengthened,” said Shekhar Golchha, President of FNCCI. “This is possible only through greater and well-informed policy reforms and dialogue between the public and private sectors. Therefore, this report will have a big role in helping in this regard, particularly given that it will also be using government data.” 

As the largest global development institution focused on the private sector in emerging markets, IFC is committed to help develop markets and opportunities in Nepal, which will require further improvement to the investment climate for both entrepreneurs, and domestic and foreign investors. 

“A periodic well-researched analytical report on the state of private sector will be critical in further informing the public-private policy dialogue, and help the private sector maximize its development impact for the benefit of the people of Nepal” said Babacar S. Faye, IFC's Resident Representative in Nepal.
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by