Dec 27, 2022
उवासंघ–चितवनद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

पौष १२, चितवन

उद्योग वाणिज्य संघ चितवनले बर्तमान अवस्थाको वारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । उद्यँेग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवासमा पुगेर ध्यानाकर्षण गराएको हो । 

भेटघाट कार्यक्रममा संघले अर्थतन्त्र जोगाउनको लागि सरकारद्वारा ठोस कदम चालिनु पर्ने धारणा राखेको हो । हाल बैंकद्वारा गरिएको ब्याजदरको बृद्धि, राष्ट्रिय तथा अन्तराष्ट्रिय असहजता, मुल्यबृद्वि लगायतका कारणले गर्दा आर्थिक क्ष्ँेत्र तहसनहस भएको बताउंदै नेपाल राष्ट्र बैंकद्वारा ल्याएको चालु पूंजी मार्गदर्शन २०७९ को कार्यान्वयन कम्तिमा २ बर्ष स्थगन गर्नका लागि अनुरोध गर्नु भयो । सोही अवसरमा संघका अध्यक्ष चुननारायण श्रेष्ठले सडक डिभिजन कार्यालय चितवनद्वारा यहि पौष ८ गते देखी भरतपुरको नारायणगढ देखी गोन्द्राङ सम्मको सडकको दाया“बाया“ तर्फका संरचनाहरु अव्यवस्थित रुपमा डोजर लगाई भत्काउंदा व्यवसायीको ठुलो क्षति भएको बताउनु भयो । 

भेटमा अध्यक्ष श्रेष्ठले कोभिड १९ , तत्पश्चात सिर्जित परिस्थितिर ब्याज बृद्धिका कारण चेपिएका व्यवसायीलाई पुष मसान्तको संघारमा आई आफ्नो सामान व्यवस्थित गर्ने समय सम्म नदिई डोजर लगाइएको सन्दर्भमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउंदै भरतपुर महानगरपालिकाद्वारा पनि संरचना भत्काउने सन्दर्भको ३५ दिने सूचना प्रकाशन गरि सकेको बताउंदै उक्त कार्य सरोकारवाला, नीजि क्षेत्र लगायतको समन्वयमा प्रक्रियागत रुपमा हुने व्यवस्थाका लागि अनुरोध गर्नुभयो । कार्यक्रममा सरकारी ढुकुटिमा रहेको रकम प्रवाह गरी तरलता व्यवस्थापनको उपाय अबलम्बन गर्ने व्यवस्थाका लागि समेत अनुरोध गरिएको थियो । 

भेटघाट कार्यक्रममा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले देशको बर्तमान अवस्थाको बारेमा आफु संवेदनशिल भएको बताउंदै समस्या समाधानको लागि सामुहिक प्रयास आवश्यक रहेको बताउनु भयो । संघको टोलीले नवनियुक्त प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको थियो । टोलीमा संघका निबर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष्ँ सुमन कुमार श्रेष्ठ र कार्यसमिति सदस्य राजन पियाको सहभागिता रहेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताउनु भयो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by