May 28, 2023
सिन्धुलीका उद्यमी व्यवसायी चितवनमा

१४ जेठ, भरतपुर

उद्योग वाणिज्य संघ–चितवनले सिन्धुली उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीलाई आज  संघको बैठक कक्षमा एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको होे । सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष श्री अर्जुन कुमार श्रेष्ठको नेतृत्वमा आएको भम्रण टोलीलाई संघले स्वागत गरेको हो । नेपालको विभिन्न सफल उद्योग वाणिज्य संघहरूको अध्ययन अवलोकन गर्ने सन्दर्भमा उद्योग वाणिज्य संघ–चितवन आएको हो ।

स्वागत एवम् छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले यस किसिमको कार्यक्रमले व्यावसायिक साथसाथै संस्थागत एकता सुदृढ गर्नमा समेत सहयोग पु¥याउने बताउनुभयो । उद्योग वाणिज्य संघ–चितवनको संक्षिप्त जानकारी दिंदै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रका संलग्नताविना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने र नेपाल सरकारको आर्थिक वर्ष ०७९/०८० को बजेटले उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्न नेपाल सरकारलाई अनुरोध गर्दै देशको आर्थिक सम्वृद्धिका लागि सरकारले निजी क्षेत्रलाई हातेमालो गर्दै जानुपर्ने बताउनुभयो । सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य अमरेश चन्द्र वैदारले निजी क्षेत्रका समस्याहरू महासंघ मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराउने बताउनु भयो । 

कार्यक्रममा बोल्दै सिन्धुली  उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले उद्योग वाणिज्य संघ–चितवनले गरेको आतिथ्यता तथा कार्यप्रगतिको प्रशंसा गर्दै आफ्नो संघको संक्षित जानकारी दिनुहुंदै व्यावसायिक ऐक्यबद्धताका लागि उद्योग वाणिज्य संघ–चितवनस“ग स“गस“गै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहा“ले उवासंघ चितवनबाट सिकेका कुरालाई आफ्नो संघमा पनि लागु गर्ने बताउनुभयो । कार्यक्रममा सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठको नेतृत्वमा पूर्व अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य, महिला उद्यमी लगायत ३५ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका पदाधिकारी, कार्यसमितिका सदस्यहरूको उपस्थिति रहेको जानकारी उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले गराउनुभयो । टोलीले संघको सचिवालय र नारायणी नदी किनारको अवलोकन समेत गरेको थिए । कार्यक्रम उद्योग वाणिज्य संघ– चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षता तथा उद्योग वाणिज्य संघ चितवका उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by