Oct 19, 2023
उवासंघ–चितवनको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

२ कार्तिक, भरतपुर

उद्योग वाणिज्य संघ–चितवनले आज होटल ग्यालेक्सी गार्डेन रिसोर्ट यज्ञपुरीमा एक कार्यक्रमको आयोजना गरि नेपालीहरुको महान चाड विजयादशमी, शुभ–दीपावली, नेपाल संवत् ११४४ एवं छठ पर्व–२०८० को  अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । 

कार्यक्रममा स्वागत गर्र्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उपस्थित अतिथिज्यूहरुलाई विजयादशमी, शुभ–दीपावली, नेपाल संवत् ११४४ एवं छठ पर्व–२०८० शुभकामना व्यक्त गर्नु भयो । उहाँले यस्ता कार्यक्रमले स्थानिय निकाय एवं सरकारी निकायहरु संघ भेटघाट हुने भएकाले आत्मीयता बढ्ने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले चितवनका सार्वजनिक निकाय, सरोकारवाला निकाय र निजी क्षेत्र विच चितवनको सामाजिक आर्थिक विकासका लागि छलफल गर्ने उद्देश्यले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेकोमा उद्योग वाणिज्य संघ–चितवन परिवारलाई धन्यवाद दिदै उहाँले निजी क्षेत्रले यस जिल्लाको विकासका लागि गरेको सहयोग अतुलनिय रहेको बताउनु भयो । उहाँले भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई सफलताका साथ सम्पन्न गर्न निजी तथा सार्वजनिक निकाय सवै हातेमालो गरेर अगाडी बढ्रनु पर्ने बताउदै सवैलाई आउदै गरेको विजया दशमीको शुभकामना दिनुभएको थियो । 

कार्यक्रमका विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले नेपालीहरुको महान चाड विजयादशमी, शुभ–दीपावली, नेपाल संवत् ११४४ एवं छठ पर्व–२०८० को शुभकामना दिदै उहाँले चितवन जिल्लाको शान्ती सुरक्षाको लागि जिल्ला प्रसाशन कार्यालय संधै तयार रहेको बताउनु भयो ।

कार्यसमिति सदस्य इमान्दु बरालको संयोजकत्वमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर कार्की, बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख खड्क बहादुर खत्री, नयाँ सवुज गणका भरतपुरका गणपती रुपक थापा, राष्ट्रिय जिल्ला अनुसन्धान कार्यलय चितवनका उपनिर्देशक कमल प्रसाद भट्टराई, सशस्त्र प्रहरी बल १७ नं गण आँपटारीका सशस्त्र प्रहरी उपरीक्षक निरन्जन शशी पाण्डे, वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख बसन्त पाण्डे, नेपाल प्रहरी शिक्षालय भरतपुरका प्रहरी निरिक्षक गोपाल पौडेल, उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्षज्यूहरु, पदाधिकारी, कार्यसमिति, कार्यकारी निर्देशक निलबहादुर के.सी, कार्यसमिति स्पाउजहरुको उपस्थिति थियो ।

संघका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षता एवम्  संघका कार्यसमिति सदस्य एवं शुभकामना आदानप्रदान कार्यक्रमका संयोजक इमान्दु बरालले धन्यवाद ज्ञापन गर्नुभएको शुभकामना आदानप्रदान कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by