Jan 21, 2024
आधारभुत व्यूटिसियन तालिम सुरु
७ माघ, भरतपुर

उद्योग वाणिज्य संघ चितवनको तालिम कक्षमा आज आधारभुत व्यूटिसियन तामिलको उद्घाटन भएको छ । उद्योग वाणिज्य संघ–चितवन र भरतपुर महानगरपालिका वडा नं १ को कार्यालयको सयुक्त आयोजनामा गरिएको हो । भरतपुर महानगरपालिका वडा नं १ का न्यून आर्थिक अवस्था भएका उद्यमी बन्न चाहाने महिलाहरूलाई लक्षित गरि उक्त तालिम आयोजना गरिएको हो ।

तालिमको उद्घाटन गर्दै भरतपुर महानगरपालिका वडा नं १ का अध्यक्ष केशव महर्जनले महिलाहरूले सिप सिकेर आत्मनिर्भर बन्दा महिला हिम्सामा समेत कमी आउने बताउदैँ उहाँले तालिम सिकेपछी कमसेकम आम्दानीको क्षेत्रमा लाग्न अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले महिला उद्यमशिलता विकासका लागि निरन्तर कार्यक्रम आयोजना गरिंदै आएको बताउदै उहाँले सौन्दर्यकला व्यवसाय आफैमा आत्मनिर्भर र स्वरोगजारमूलक व्यवसाय हुनुका साथसाथै मानव स्वास्थ्य संग पनि सम्बन्धित भएकोले यसलाई थप व्यसायीक र उत्तरदायी बनाउनुपर्ने बताउदै थप तालिमको आवश्यकता भएमा आगामी दिनहरुमा पनि यस किसिमको तालिम आयोजना गर्ने बताउनु भयो ।

तालिमको उद्घाटन कार्यक्रममा वोल्दै चितवन ब्युटिपार्लर युनिटिका संस्थापक अध्यक्ष एवम् तलिमको मूख्य प्रशिक्षक योगिता पियाले तालिमका बारेमा जानकारी गराउदैँ उहाँले तालिम लिदै गर्दा तालिम बाट सिकेको सिपलाई आर्थिक उत्पादनमा जोड्छु भनि  सिक्नका लागि निरन्तर प्रयास गर्नुपर्ने बताउनु भयो ।

तालिमको उद्घाटन समारोह समापन गर्दै उद्योग वाणिज्य संघ–चितवनका तृतीय उपाध्यक्ष नारायण प्रधानले उद्योग वाणिज्य संघ–चितवनले उद्यमशिल विकासका विभिन्न तालिमहरु दिदैँ आईरहेका बताउदैँ आत्मनिर्भर बनाउन संघ सधै लागिरहने बताउनु भयो ।

तालिमको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका द्वितीय उपाध्यक्ष अशोक अधिकारी, कार्यकारी निर्देशक निलबहादुर के.सी, कार्यसमिति सदस्य दिपा शाही, सन्तोष जनक भुसाल, दाताराम घिमिरे, सुनिता कर्मचार्य, भरतपुर महानगरपालिका वडा नं १ वडा सदस्य रमा परियार, वडा सचिव शिवजी अधिकारी लगाएत प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो । उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

३० जना प्रशिक्षार्थीहरु सहभागिता रहने उक्त तालिम ४५ दिन सम्म सञ्चालन हुने आयोजक संस्था उद्योग वाणिज्य संघ–चितवनले जनाएको छ ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by