Feb 05, 2024
उद्योग वाणिज्य संघ चितवनको पूर्व कार्ययोजना गोष्ठी तथा कर शिक्षा कार्यक्रम सम्पन्न

२२ माघ, भरतपुर

उद्योग वाणिज्य संघ चितवनले आज पूर्वकार्य योजना गोष्ठी एवम कर शिक्ष सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । संघले प्रत्येक २ बर्षको  अन्तरालमा हुने नेतृत्व परिवर्तन पश्चात २ वर्षे कार्यकालको लागि योजना तर्जुमा गर्ने सम्बन्धमा वस्तुगत संघहरु संग पूर्व कार्ययोजना तर्जूमा गोष्ठीको आयोजना गरेको हो । संघले संघमा आवद्ध रहेका ३६ वस्तुगत संघहरुको सहभागितामा योजना तर्जुमा गोष्ठीका साथै कर शिक्षा कार्यक्रमको आयोजना गरेको हो । गोष्ठीलाई सम्बोधन गर्दैै संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले वस्तुगत संघबाट प्राप्त सुझावहरुलाई मध्येनजर राख्दै संघले आगामी २ बर्षको लागि तयार गर्नेै योजनामा राखिने बताउनु भयो । उहांले वस्तुगत संघहरुले आफ्ना सदस्यहरुको माग र आवश्यकतालाई मध्येनजर राख्दै कार्यक्रम चयन गर्न अनुरोध गर्दैै  कार्यक्रमहरु संघको गुणस्तर नीति सँग मेल खाने हुनुपर्ने बताउंदै प्राप्त सुझावहरुलाई लिपिबद्ध गरि योजनामा राखिने बताउनुभयो ।

 सोही कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले  योजना छनौट गर्दा त्यसको आयोजना गर्न सकिने मात्र कार्यक्रमलाई छनौट गर्नुपर्ने बताउनु भयो । 

संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले वस्तुगत संघले कार्यक्रम छनौट गर्दा आफुले गर्न नसक्ने तर उद्योग वाणिज्य संघ मार्फत गर्न मिल्ने कार्यक्रम मात्र छनौट गर्न अनुरोध गर्नुहूंदै कार्यक्रमको सफलताको कामना गर्नुभयो । 

गोष्ठीमा आफ्नो मन्तब्य राख्दै संघका उपाध्यक्ष एवम वस्तुगत संघ समन्वय समितिका संयोजक नारायण प्रधानले यस वर्षको संघको कार्ययोजनामा प्राथमिकताको आधारमा सबै वस्तुगत संघका कार्यक्रमलाई समेटिने बताउनु भयो । संघमा आवद्ध ३६ वटा वस्तुगत सघबाट सहभागी रहेको उक्त कार्यक्रममा संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सहजीकरण गर्नु भएको थियो ।  कार्यक्रम भरपुरमहानगरपालिका वडा नं ४ स्थित ग्यालेक्सी गार्डेन रिसोर्टमा सम्पन्न भएको हो । कार्यक्रममा संघका पदाधिकारी, वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by