Feb 05, 2024

उद्योग वाणिज्य संघ चितवनले पूर्व योजना तर्जुमा गोष्ठिको अवसरमा कर शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न भएको थियो । ३६ वटा वस्तुगत संघका प्रतिनिधको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको हो । अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गदैै संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायीले सरकारले लिएका कर सम्बन्धी नयाँ नीति, छुटको व्यवस्था लगायतका बिषयमा व्यवसायीलाई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । उहाँले आन्तरिक राजश्व कार्यालयमा आफ्ना उद्योगी व्यवसायीहरुका कर सम्बन्धी समस्या समधान गर्न हेल्प डेक्स राख्न लागिएको समेत जानकारी गराउनु भएको थियो ।

सोही कार्यक्रममा बोल्ःदै आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत निरन भट्टराईले उद्योगी व्यवसायीहरुको कर सम्बन्धी समस्या समधान गर्न हेल्प डेक्स सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गर्दै उहाँले कर सम्बन्धी कुनै जटिलता सिर्जना भएमा सहजीकरणको लागि आफु सहयोगका लागि सदैव तत्पर रहेको बताउनु भयो । 

सोही काय्र्रक्रममा संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले कर शिक्षा सम्बन्धि कार्यक्रमहरु आन्तरिक राजश्व कार्यालयको समन्वयमा आगामी दिनहरुमा निरन्तर गरिने बताउनु भयो । 

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भरतपुरका तर्फवाट कर अधिकृत खडानन्द पाण्डे र भरतपुर महानगरपालिकाको तर्फबाट कर अधिकृत रमेश जोशीले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन सहित सम्पन्न भएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गर्नुभएको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by