Feb 09, 2024
प्राङ्गारिक कृषि मेलाको तयारी : बस्तुगत समितिसंग छलफल

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सञ्चालनको तयारी गरेको प्राङ्गारिक कृषि मेलालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा बस्तुगत समितिसंग छलफल गरिएको छ । संघले यहि फागुन १० देखि १४ गतेसम्म बुटवलको प्रदर्शनी स्थल बुटवल मण्डपमा प्राङ्गारिक कृषि मृला सञ्चालनको तयारी गरेको छ । 

उक्त कृषि मेलालाई व्यवस्थित बनाउनको लागि संघमा गठित बस्तुगत समितिसंग छलफल गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले बताउनु भयो । संघमा २८ वटा बस्तुगत समिति गठन भएका छन् । बिहिबार आयोजना गरिएको छलफलमा बस्तुगत समितिका सभापतिहरुले मेलालाई व्यवस्थित र प्रभावकारी बनाउनको लागि कृषि उत्पादन, बजारीकरण, व्यवसायिक खेती प्रणाली, कृषिमा वैज्ञानिकिकरण, प्रविधि लगायतका कुरालाई विशेष ध्यानदिन सुझाव दिएका थिए । मेलालाई प्रभावकारी र व्यवस्थित बनाउन बस्तुगत समितिको पूर्ण सहयोग रहने पनि प्रतिवद्धता व्यक्त गरेका थिए । 

कार्यक्रममा बोल्दै संघका कार्यवाहक अध्यक्ष टंकप्रसाद गैरेले संघले २०६२ सालदेखि निरन्तर रुपमा विशिष्टिकृत कृषि मेला गर्दै आएको र केही भएपनि कृषिमा व्यवसायिक विकास भएको बताउनु भयो । उहाँले कृषिको व्यवसायिक विकास तथा कृषिमा आधारित ओैद्योगिक विकास अबको आवश्यकता भएको बताउँदै कृषिमा व्यवसायिक विकासको लागि कृषिमा सम्भावनाको विकास, युवा आकर्षण, लगानी आकर्षण, प्रविधिको प्रयोग लगायतका कुरालाई प्रथमिकता दिएर प्राङ्गारिक कृषि मेला आयोजना गरिएको बताउनु भयो । 

संघका कार्यसमिति सदस्य, बस्तुगत समिति समन्वय उपसमितिका संयोजक दीप आचार्यको सञ्चालनमा भएको कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पनि सहभागिता रहेको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by