Mar 21, 2024
चितवन प्रहरी प्रमुख भावेश रिमाललाई संघमा स्वागत

८ चैत्र, भरतपुर

उद्योग वाणिज्य संघ–चितवनले आज संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि चितवन जिल्ला प्रहरी प्रमुखको स्वागत गरेको छ । चितवन जिल्लाका लागि नवआगन्तुक प्रहरी प्रमुखको रुपमा आउनुभएका प्रहरी उपरिक्षक भावेश रिमाललाई संघमा स्वागत गरेको हो ।

स्वागत कार्यक्रममा मन्तब्य व्यक्त गदै संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले संघको बारेमा जानकारी गराउदैँ उहाँले विगत लामो समय देखी उद्यमी व्यवसायी र प्रहरी प्रशासन एक आपसमा सहकार्य गर्दै अगाडी बढेको जानकारी गराउदैँ  आगामी दिनहरुमा पनि सहकार्य रहिरहने अपेक्षा ब्यक्त गर्नु भयो । कार्यक्रममा स्वागत गर्नुहुंदै अध्यक्ष श्रेष्ठले चितवन जिल्लाको समग्र विकास लगायत यस जिल्लाको शान्ति सुरक्षाको सवालमा समेत प्रहरी सँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहा“ले संघले विकासको सार्वजनिक निजी साझेदारी अवधारणा बमोजिम स्थानिय प्रशासन , सुरक्षा निकाय , स्थानिय निकाय संग सहकार्य गर्दै अगाडि बढ्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक भावेश रिमालले चितवन जिल्लाको शान्ति, सुरक्षा र अमन चयनमा कुनै कसुर नराख्ने बताउंदै व्यवसायीको तर्फबाट पनि सहकार्यको अपेक्षा राखेको धारणा ब्यक्त गर्नुभयो । स्वागत कार्यक्रममा बोल्दै प्रहरी प्रमुख रिमालले आमनागरिकले पनि आफु पनि प्रहरी रहेको अनुभुत गर्दै आफ्नो प्रहरी आफुनै वनि व्यवसाय एवम् आफ्नो सुरक्षामा सचेत रहन अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष रमेशकुमार पियाले आर्थिक मन्दीको वेला चोरी डकैती लगाएतका क्रियाकलाब बढि हुने भएकाले सुरक्षामा चनाखो हुन बताउदैँ उहाँले भरतपुर भ्रमण वर्षको अवसरमा चितवनमा आउने पर्यटकहरुले सुरक्षित महशुस गर्ने वातावरण सृजना हुनेमा विश्वस्त हुदै नवआगन्तुक प्रहरी प्रमुख भावेश रिमाललाई चितवन बसाई सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै संघका पुर्व अध्यक्ष उत्तमलाल चुकेले चितवन जिल्लाको सुरक्षा व्यवस्थापनहोस् वा अपराध न्यूनिकरणका सवालमा होस उद्योग वाणिज्य संघ चितवनले विगतमा पनि सहकार्य गरेको र आगामी दिनमा समेत सहकार्य गर्ने बताउनु भयो ।

कार्यक्रममा संघका पूर्वअध्यक्षज्यूहरु पदाधिकारी , कार्यसमिति सदस्य विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरुको उपस्थिति रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले बताउनु भयो । संघका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता एवम्  संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन गर्नुभएको स्वागत कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गर्नुभएको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by