Apr 29, 2024
नेपाल बैंक लि.का प्रमुख कार्यकारी अधिकृत सँग व्यवसायिक विषयमा छलफल कार्यक्रम सम्पन्न

१७ बैशाख, भरतपुर

उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा संघको सचिवालयमा आज नेपाल बैंक लि.का प्रमुख कार्यकारी अधिकृत सँग व्यवसायिक विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायीहरुले व्यवसायिक कर्जा उपलब्धता एवम् तालिकिकरणमा सहजिकरणका लागि प्रस्ताव राखेका थिए ।

कार्यक्रमा स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायी र बैंक एक अर्काका परिपुरक भएकोले व्यवसायी बाचे बैंक बाच्ने बताउदैँ आर्थिक मन्दीको चपेटामा परेका व्यवसायीलाई कसरी राहत दिन सकिन्छ त्यस विषयमा ध्यान दिन नेपाल बैंक लि.का प्रमुख कार्यकारी अधिकृतज्यूलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रमका नेपाल बैंक लि. का प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले भुकम्प र कोभिडले अर्थतन्त्र धरासायी बनाएको  र बैंकका लगानीहरु समेत अनउत्पादक क्षेत्र जग्गा तथा शेयरमा लगानी बढ्दा नगद प्रवाहमा संकट परेको बताउनु भएको थियो । उहाँले व्यवसायीलाई समस्या परे बैंक वित्त संस्थाहरु पनी सुक्दै जाने बताउदैँ सबैले फजुल खर्च कम गर्नुपने र उत्पादन मुलक क्षेत्रमा लगानी बढाउन व्यवसायीहरुलाई आग्रह गर्नुभएको थियो । उहाँले उद्योग वाणिज्य संघ–चितवनले भरतपुर लगाएत चितवन जिल्लाको प्रमुख व्यवसायिक केन्द्रहरुमा बैंकको शाखाहरु सञ्चालन गर्न अनुरोध गर्दै आएकोमा भरतपुर १ स्थित मेनरोडमा नेपाल बैंक लि. को शाखा पुन सञ्चालनमा ल्याउन लागेको जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष प्रचण्डलाल प्रधानले व्यवसायीहरु समस्यामा पर्दा अन्तत बैंकलाई नै समस्या पर्ने भएकाले उद्यमी व्यवसायीको समस्यालाई आत्मसाथ गर्दै बैंकहरुले कार्य गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष राजन गौतमले बैंकहरुले घर, गाडी भन्दा उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कल्याण जोशी, सहनलाल प्रधान, निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठ, उपाध्यक्ष त्रय राजेन्द्र ओली, अशोक अधिकारी, नारायण प्रधान, संघका कार्यसमिति सदस्यज्यूहरु, नेपाल बैंक लि. नारायणगढ शाखाका शाखा प्रवन्धक रमेश न्यौपाने, नेपाल बैंक लि. का सरोजप्रसाद उपाध्यायको उपस्थिति रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदी जानकारी गराउनुभएको थियो । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता एवम् प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो ।


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by