Nov 06, 2024
                        
                        
                                                
 
                        
                                                २१ कार्तिक, भरतपुर
उद्योग वाणिज्य संघ–चितवनले आज संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि चितवन जिल्ला प्रहरी प्रमुखको स्वागत गरेको छ । चितवन जिल्लाका लागि नवआगन्तुक प्रहरी प्रमुखको रुपमा आउनुभएका प्रहरी उपरिक्षक गौतम मिश्रलाई संघमा स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा मन्तब्य व्यक्त गदै संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले संघको बारेमा जानकारी गराउदैँ उहाँले विगत लामो समय देखी उद्यमी व्यवसायी र प्रहरी प्रशासन एक आपसमा सहकार्य गर्दै अगाडी बढेको जानकारी गराउँदै आगामी दिनहरुमा पनि सहकार्य रहिरहने अपेक्षा व्यÏ गर्नुभयो । कार्यक्रममा स्वागत गर्नुहुंदै अध्यक्ष श्रेष्ठले चितवन जिल्लाको समग्र विकास लगायत यस जिल्लाको शान्ति सुरक्षाको सवालमा समेत प्रहरी सँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यÏ गर्दै उहा“ले यही आउदो २०८१ पौष २५ गते देखी १५ औँ संस्करणको चितवन महोत्सव–२०८१ आयोजना गर्न लागेको जानकारी गराउँदै महोत्सव सफल पार्न जिल्ला प्रहरी कार्यालय चितवनबाट सहयोग हुनेमा विश्वास व्यÏ गर्नुभयो । उहाँले चितवन नेपालको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास भैसकेको बताउँदै छिमेकी देशहरूबाट आउने पर्यटकलाई आगमनमा सहजिकरण गर्न प्रहरी प्रमुखको ध्यानार्कषण गराउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले चितवन जिल्लाको शान्ति, सुरक्षा र अमन चयनमा कुनै कसुर नराख्ने बताउंदै व्यवसायीको तर्फबाट पनि सहकार्यको अपेक्षा राखेको धारणा व्यÏ गर्नुभयो । स्वागत कार्यक्रममा बोल्दै प्रहरी प्रमुख मिश्रले चितवन विशेष प्रकृतिको जिल्ला भएकाले व्यावसायिक वातावरण सृजना गर्दै योजना बनाएर कार्य गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष डा. तिलचन्द्र भट्टराईले नवआगन्तुक प्रहरी प्रमुख गौतम मिश्रलाई चितवन बसाई सफलताको शुभकामना दिँदै विदाई गर्दा पनि यहाँले गरेको कार्य प्रति चितवन बासीका लागि सधै प्रशंसनीय बनोस भन्ने शुभभाव दिनुभयो । उहाँले चितवनलाई दोस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि आवश्यक सुरक्षा प्रवन्ध व्यवस्थापन, पार्किङ व्यवस्थापन, फुडपात व्यवस्थापन लगायतका कार्यहरूलाई ध्यानमा राखेर पर्यटक एवम् आमनागरीकले चितवनमा सुरक्षित भएको महशुस गर्ने वातावरण सृजना हुनेमा विश्वास व्यÏ गर्नुभयो ।
कार्यक्रममा संघका पूर्वअध्यक्षज्यूहरु प्रचण्डलाल प्रधान, रमेशकुमार पिया, उदयकुमार श्रेष्ठ, उत्तमलाल चुके, डा. तिलचन्द्र भट्टराई, कल्याण जोशी लगायत संघका पदाधिकारी , कार्यसमिति सदस्य विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरुको उपस्थिति रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनुभएको थियो । संघका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षता एवम्  संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको स्वागत कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गर्नुभएको थियो ।