Aug 14, 2025
बुटवल उवासंघद्वारा हस्तकला व्यवसायीलाई बस्तु बजारीकरण गर्ने सम्बन्धी तालीम सम्पन्न

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा सञ्चालन गरिएको विजनेश इन्कुवेशन कार्यक्रममा हस्तकला सम्बन्धि व्यवसाय गरेका व्यवसायीलाई त्यस विषयमा कोचिङ गरिएको छ ।

संघमा स्थापना गरिएको उद्यम सम्वर्द्धन केन्द्रमा सञ्चालन गरिएको विजनेश इन्कुवेशनमा १० जना हस्तकलाका व्यवसायी सहभागी छन् । उनीहरुलाई बस्तु विकास, बजारीकरण, अन्तर्राष्ट्रिय बजार सम्बन्ध तथा निर्यातका विधि र प्रकृयाका बारेमा प्रशिक्षण गरिएको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी दिनुभयो ।

उनीहरुलाई साना हस्तकला काठमाण्डाैंकी बजार प्रवन्धक राेजिना थापाले प्रशिक्षण गर्नुभएकाे हाे । बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीले नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सहयोगमा नवउद्यमीलाई लक्षित गरेर यहि जेठदेखि विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गरेको छ । उक्त विजनेश इन्कुवेशन कार्यक्रममा १५ जना नवउद्यमी सहभागि छ ।

विजनेश इन्कुवेशन कार्यक्रम अन्तरगत यस अगाडि ६ वटा मास्टर क्लास, २ वटा काेचिङ् क्लास, डिजिटल मार्केटिङ लगायतमा प्रशिक्षण कार्यक्रम गरिसकिएकाे कार्यकारी निर्देशक कार्कीले जानकारी गराउनु भयाे । त्यसबाहेक इन्कुवी (सहभागी)लाई नियमित मेन्टरिङ भईरहेकाे उहाँले बताउनु भयाे । त्यसका लागि ५ जना विषयविज्ञलाई मेन्टरकाे रुपमा राखिएकाे छ ।

संघले यस अगाडीदेखि नै उद्यमशिलता विकासका लागि नवउद्यमीलाई लक्षित गरेर विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गर्दै आएको छ । संघले सञ्चालन गरेकाे विजनेश इन्कुवेशन याे तेस्राे हाे ।


 

Copyright © 2005 - 2025. FNCCI. All Rights Reserved.

Powered by