Dec 13, 2025
२७ मंसिर, भरतपुर,
चितवनका उद्योगी व्यावसायीहरुको छाता संस्था चितवन उद्योग वाणिज्य संघले पश्चिम चिवनका व्यवसायीहरुलाई लक्षित गरी कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी २ दिने तालिम कार्यक्रम शनिबार सम्पन्न भएको छ । तालिम उद्योगी व्यवसायीहरुलाई आयकर (Tax) तथा मूल्य अभिवृद्धि कर (Vat) लगायत मिसम्याच एवम् करका नीतिहरुका बारेमा जानकारी गराउने उद्देश्य तालिमको आयोजना गरिएको हो । तालिम चितवन उद्योग वाणिज्य संघको आयोजना एवम् GIZ Nepal को प्राविधिक सहयोगमा मंसिर २६ र २७ गते भरतपुर महानगरपालिका वडा नं २२ को सभाहलमा भएको थियो ।
तालिमको उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायिक सफलता प्राप्त गर्न करका नीति नियमहरूको बारेमा व्यवसायीहरूलाई जानकारी हुनपर्ने बताउँदै उहाँले सक्रिय रुपमा सहभागि भई लाभान्वित हुनका साथै जिज्ञासा लागेको कुरा निर्धक भएर प्रशिक्षकज्यूहरूलाई सोध्न सहभागिहरूलाई अनुरोध गर्नु भयो । उहाँले संघले आफ्ना सदस्य व्यवसायीहरुलाई आवश्यकताको आधारमा आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।
कार्यक्रम उद्घाटन सत्रका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं २२ का वडा अध्यक्ष विष्णुराज महतोले कार्यक्रक सफलताको शुभकामना दिदै उहाँले निजी क्षेत्रका व्यवसायीहरूलाई समयमा नै कर तिर्न अनुरोध गर्दै सम्बन्धीत कर कार्यालयले पनि व्यवसायीलाई जरिवाना भन्दा समयमा जानकारी गराउन आग्रह गर्नुभएको थियो ।
कार्यक्रमको विशिष्ट अतिथि आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काले कर प्रणालीमा डे ०१, डे ०२ र डे ०३ अनलाईन सिस्टमा गई सकेको जानकारी गराउदै उहाँले व्यवसायीलाई आफ्नो व्यवसायको कर तिर्न मध्यस्थकर्ता नलगाई आफै कर दाखिला गर्न सक्ने बन्न व्यवसायीहरूलाई अनुरोध गर्दै उहाँले करका बारेमा बजारमा आएको समस्याका विषयलाई ध्यानमा राखेर सिकाउनु पर्ने बताउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
दुई दिन सम्म चलेको तालिममा सिए विकास तिवारी, सिए विशाल भट्टराई सिए कविता चौधरीले कार्यक्रमको मध्यस्तता गर्नु भएको तालिममा पश्चिम चितवन क्षेत्रका उद्योगी व्यवसायी गरी ७० जनाको सहभागिता रहेको थियो ।
तालिमको उद्घाटन सत्रमा चितवन उद्याोग वाणिज्य संघको उपाध्यक्ष त्रय राजेन्द्र ओली, अशोक अधिकारी, नारायण प्रदान, कार्यकारी निर्देशक निलबहादुर के.सी, लगायत कार्यसमिति सदस्य, सूनौलो पटिहानी टोल विकास समितिका पदाधिकारी, कार्यसमिति, भरतपुर २२ का वडा सदस्यज्यूहरु लगायत उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमानकुमार श्रेष्ठको अध्यक्षता एवम् वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।