Jan 30, 2026
वर्दघाट उद्योग वाणिज्य संघका अध्यायन अनुगमन टोलीलाई चितवनमा स्वागत

माघ १६, भरतपुर

वर्दघाट  उद्योग वाणिज्य संघको अध्यायन अवलोकन भ्रमण टोलीलाई शुक्रबार चितवन उद्योग वाणिज्य संघको सचिवालयमा स्वागत एवं छलफल कार्यक्रम सम्पन्न भएको छ । चितवन उद्योग वाणिज्य संघको आयोजनामा वर्दघाट  उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेको नेतृत्वमा चितवन आएको अध्यायन अवलोकन भ्रमण टोलीलाई स्वागत सहित छलफल कार्यक्रम सम्पन्न भएको हो ।

स्वागत तथा छलफल कार्यक्रममा स्वागत मन्तव्य  व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले चितवन उद्योग वाणिज्य संघका विगत देखि वर्तमान सम्मका गतिविधिका वारेका जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठले वर्दघाट उद्योग वाणिज्य संघको भ्रमण टिमलाई सफलताको शुभकामना व्यक्त गदै नेपाल उद्योग वाणिज्य महासंघको आउदो अधिवेशनमा चितवन उद्योग वाणिज्य संघको उम्मेदवारलाई सहयोग गर्न अपिल गर्नुभएको थियो ।

कार्यक्रममा वर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले चितवन उद्योग वाणिज्य संघले गरेको आतिथ्यताको सम्मान गर्दै चितवन उद्योग वाणिज्य संघसँग हातेमालो गरी अगाडी बढ्ने बताउँदै उहाँले नेपाल उद्योग वाणिज्य महासंघको आउदो अधिवेशनमा चितवन उद्योग वाणिज्य संघको निर्णयलाई समर्थन गर्दै सहयोग गर्ने बताउनुभएको थियो ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघको उपाध्यक्ष त्रय नारायण प्रधान, जनक पौडेल, राजन पिया, कार्यकारी निर्देशक निलबहादुर के.सी, संघका कार्यसमिति सदस्यज्यूहरु लगायत वर्दघाट उद्योग वाणिज्य संघ भ्रमण टिमको सहभागीता रहेको थियो ।

चितवन उद्योग वाणिज्य संघको अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता एवम् वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको स्वागत एवम् छलफल कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by