May 18, 2017
मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समिति सदस्यहरुको ५ दिने अध्ययन अवलोकन भ्रमणका लागि आज हेटौंडाबाट ईलामका लागि प्रस्थान गरेको छ  । संघका अध्यक्ष राजकुमार न्यौपानेको नेतृत्वमा ५ सदस्यीय भ्रमण टोलीले ईलामको दुग्धजन्य पदार्थको उत्पादन, भारतका विभिन्न पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्ने समितिकी सभापति निलम पाण्डेले बताउनु भएको छ । भ्रमणको क्रममा ईलाम लगायत झापा, सुनसरी, सिन्धुली जिल्लाका उद्योग वाणिज्य संघहरुमा “महिला उद्यमीहरुको चुनौति र अवसर विषयक अन्तक्र्रिया” गर्नुको साथै मकवानपुरका उद्यमी महिलाहरुको क्षमता अभिबृद्धिका लागि भ्रमण आयोजना गरिएको भ्रमण टोलीका सदस्य उपाध्यक्ष कृष्ण अग्रवालले जानकारी दिनु भयो । जेष्ठ ८ गते सोमबार गृहनगर हेटौंडा फर्कने योजना अनुसार निस्केको टोलीलाई महिला उद्यमी विकास समितिका पूर्व कार्यवाहक सभापति देवकुमारी ढकालले टीका र खादा लगाएर विदाई गर्नु भएको छ । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by