Jun 10, 2017
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ को अध्यक्षमा कोइराला 

पोखरा, २७ जेठ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ को अध्यक्षमा संजिवबहादुर कोइराला निर्विरोध निर्वाचित हुनु भएको छ  । प्रदेशको शनिबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनबाट उहाँसहित पदाधिकारी र कार्यसमिति सदस्य निर्विरोध निर्वाचित हुनु भएको भयो ।  अध्यक्षमा उम्मेदवारी दिनुभएका तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष  कृष्णराज पण्डितले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उहाँ निर्विरोध बन्नु भएको हो । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहनु भएका कोइराला यसअघी प्रदेश उद्योग वाणिज्य महासंघको तदर्थ समितिको संयाजक समेत हनुहुन्थ्यो । 


यसैगरी महासंघ प्रदेश नम्बर ४  को जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा पर्वत उवा संघको तर्फबाट हरिओम शर्मा लामिछाने चुनिनु भएको छ । उपाध्यक्षको प्रत्यासी स्याङ्जाका नवराज सुवेदीले आफ्नो नाम फिर्ता लिएपछि उहाँ पनि निर्विरोध बन्नु भएको हो । एसोसियटतर्फको उपाध्यक्षमा फेवा ग्रुप अफ पोल्ट्रीका मोतिप्रसाद पौडेल चुनिनु भयो । कोषाध्यक्षमा लेखनाथ उद्योग वाणिज्य संघको तर्फबाट बलराम ढकाल चुनिनुभयो । 

कार्यसमितिको सदस्यहरुमा लम्जुङ उद्योग वाणिज्य संघका रामकुमार श्रेष्ठ, म्याग्दीका कुविरकुमार श्रेष्ठ र वालिङका शोभाकान्त पौडेल तथा एसोसियटतर्फ पोखरा भिलेज रिसोर्टका हरिप्रसाद शर्मा गैह्रे  निर्विरोध चयन हुनुभयो । नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख निर्वाचन संयोजक दामोदर अधिकारीले प्रमाणपत्र बितरण गरी पद तथा गोपनीयताको सफद ग्रहण गराउनु भएको थियो । नवनिर्वाचित अध्यक्ष कोइरालाले विजयपछि संक्षिप्त संवोधन गर्दै सम्भावना नै सम्भावना भएको प्रदेश नम्बर ४ लाई सम्वृद्ध बनाउन  निजी क्षेत्रको तर्फबाट सक्दो प्रयत्न गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस अघि संघको पहिलो साधारणसभाको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले समुद्घाटन गर्नुृभएको थियो । 



यो प्रदेशमा रहेका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, एसोसियट  अनि बस्तुगत सदस्यहरु प्रदेश महासंघको सदस्य हुन सक्ने प्रावधान अनुसार महासंघ प्रदेश नम्बर ४ मा सदस्यता आवेदन दिएका तथा रित पुगेका १३ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघ र ३२ वटा एसोसियट सदस्य रहेका थिए । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by