Jun 10, 2018
आधारभुत लेखा तथा कर नीति सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
२०७५ साल जेष्ठ २७ गते

मकवानपु्र उद्योग वाणिज्य संघ तथा सन्राइज बैंक लिमिटेड हेटौंडाको संयुक्त आयोजनामा "आधारभुत लेखा तथा कर नीति" सम्बन्धि अभिमुखिकरण कार्यक्रम संघका अध्यक्ष श्री कृष्ण कटुवालज्यूको अध्यक्षता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रदेश नं. ३ का माननीय कैलाशप्रसाद ढुंगेलज्यूको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो ।
   
मन्त्री ढुंगेलले पानसमा वत्तिवालि कार्यक्रमको  उद्घाटन गर्नु भएको थियो । निर्माण व्यवसायीहरु सवैले गल्ती नगरेको तर केहिले गल्तिगरेकोले गल्ति गर्नेलाई कार्वाहीको दायरामा ल्याउन सरकार लागि परेको बताएका छन् । कारबाही गर्दा सरकारले गल्ति गरेको भए आफु सच्याउन तयार रहेको बताए । उनले बैकहरुलाई राष्ट्र बैंकको निर्देशन अनुसार चल्न समेत सुझाव दिएका थिए । राष्ट्र बैंकको नीतिभन्दा  बाहिर रहेर व्याजदर निर्धारण गरिएका छन् । बैंकले ब्याजकोदर बढाएपछि ऋण तिर्न गाह्रो हुन्छ । त्यस तर्फ बेलैमा सचेत हुन जरुरी रहेको छ । बैंकहरुले अब उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए । हामीले लगानीमैत्री वातावरण सिर्जना गर्छौ, बैंकले आफ्नो नीती अनुसार कृषि, पर्यटन तथा विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्ने बताए ।

कार्यक्रममा निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुलीले निर्माण व्यवसायीहरुमाथि केही समययता सरकारले गरेको धरपकड र दुःख दिने कार्यको विरोध गरेका थिए । सरकारी निकाय र कतिपय नीतिका कारण  सार्वजनिक निर्माणमा समस्या भएको भन्दै अध्यक्ष पराजुलीले संघले निर्माण व्यवसायीमाथि अनावश्यक आरोप लगाएर सरकारले त्रासको वातावरण सिर्जना गरेको वताएका थिए । सरकारले लगानी तथा निर्माण व्यवसायीमैत्री वातारण सिर्जना गरेको छैन । काममा ढिलाई गर्ने निर्माण व्यवसायीलाई विधिसम्मत कार्वाही गर्ने अवस्था विपरित त्रास सिर्जना गर्दा निर्माण व्यवसायीहरु पलायन हुने अवस्था सिर्जना भएको छ उनले भने ।

बैकका शाखा प्रवन्धक सुदर्शन खतिवडाले स्वागत मन्तब्य राख्नु भएको थियो भने संघका कासस तथा कर संयोजक रबि कडेल शर्माले सनराईज वैंक तथा मकवानपुर उद्योग वाणिज्य संघको संयूक्त आयोजनामा गरिएको यो अभिमुखिकरण कार्यक्रम व्यवसायीहरुलाई नयाँकर नीतिवारे जानकारी गराउने र  आफ्नो व्यवसायको लेखालाई चुस्तदुरुस्त राख्न सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको बताए । 

कार्यक्रको सहजीकरण चार्टर एकाउण्टेन्ट अरुण राउतले गर्नु भएको थियो । स्वागत मनतब्यको क्रममा अध्यक्ष कृष्ण कटुवालले राज्यको तर्फवाट गर्नुपर्नेकुरा राज्यले मिलाउने र व्यवसायीहरुको तर्फवाट गर्नु पर्ने कार्य व्यवसायीहरुवाट गर्नु पर्नेमा जोड दिनु भएको थियो । राज्यले गरेका कार्य प्रति हाम्रो विरोध होईन समान किसिमको व्यवहार गर्नु पर्दछ भन्दै सिण्डीकेडको हामी पनि विरोधी र्हौ तर यसो भन्दैमा कसैको काखा कसैको पाखा कसैलाई पाखा गर्न नहुने वताएका थिए । 

कार्यक्रममा संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव तथा प्रवक्ता काब्यमणी अधिकारी, सचिव विष्णुगोपाल महर्जन, कासस विष्णु खनाल, दिपक उप्रेती, माधव ज्ञवाली, कृष्ण ढुंगाना, कुलप्रसाद चौलागाई, नरेन्द्र भण्डारी, प्रतिमा श्रेष्ठ, रुपकराज दाहालको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घोषण  प्रद्मुम्न आचार्यबाट गरिएको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by