May 01, 2022
मे दिवसका अवसरमा महासंघका अध्यक्ष गोल्छा र रोजगारदाता परिषद्का सभापति संघईको शुुभकामना संदेश (२०७९/०१/१७)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र महासंघको रोजगारदाता परिषदका सभापति रामचन्द्र संघईले  १३३ औ अन्तर्राष्ट्रिय श्रमिक दिवस मे दिवसको अवसरमा शुभ–कामना व्यक्त गर्नु भएको छ ।

आफनो शुभ–कामना संदेशमा अध्यक्ष गोल्छाले भन्नु भएको छ–

कोरोना महामारीको संक्रमण पछि उद्योग व्यवसाय संचालन, काम गर्ने वातावरण, श्रम सम्बन्ध र श्रम बजारमा पनि ठूलो प्रभाव परेको छ । कामको पुन संरचना, सीप विकास आधुनिक प्रविधिको वढदो प्रयोगसंगै श्रम सम्बन्धको व्यवस्थापन गर्नुपर्ने चूनौती थपिएका छन । 

कोरोना खोप लगाउन शुरू भए पछि कोरोना संक्रमणको दरमा निकै कमी आएको सन्र्दभमा अर्थतन्त्रले गति लिन लागेको अवस्थामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका घटना क्रमले मुलुकको अर्थतन्त्र कठीन मोडमा पुगेको र यसबाट आर्थिक गतिविधि र रोजगारीमा पर्न सक्ने प्रभाव र समस्यातर्फ हाम्रो ध्यानाकृष्ट भएको छ । हामी रोजगारदाता र ट्रेड यूनियन बीचको संवाद र सहकार्यका माध्यमबाट श्रम सम्बन्ध सुधार र श्रम सम्बन्धी समस्याको समाधान हुनु पर्दछ भन्ने मान्यताका साथ काम गर्दै आएका छौ । असल औद्योगिक सम्बन्धको विकास गर्दै विद्यमान र आउने परिस्थितिको सामना गर्न थप समझदारी र सहयोगका साथ काम गर्न मे दिवसले हामी सवैलाई उत्प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु ।


आफनो शुभ–कामना संदेशमा रोजगारदाता परिषदका सभापति संघईले भन्नु भएको छ–

वितेको २ वर्ष यताको अवधिमा महामारीको रूपमा फैलिएको कोरोना संक्रमणले मानव स्वास्थ्यको सुरक्षाको एवं आर्थिक विकासको गति गंभिर रूपमा प्रभावित भएको हामी सवै सामू स्पष्टनै छ । संक्रमणबाट सिर्जित विषम परिस्थिति, कार्य वातावरण र श्रम बजारमा आएको परिवर्तनलाई आत्मसाथ गर्दै अघि बढनु पर्ने चूनौती हाम्रो सामू छ ।

कोरोना खोप लगाउन शुरु भए पछि संक्रमण घटनुको साथै मानवीय क्षतिमा कमि आए पनि कोरोनाको नयां नयां प्रकार फैलिने क्रम नरोकिएकाले पूर्णरूपमा जोखिममुक्त अवस्था नभएकोले स्वस्थ्य सुरक्षाको ख्याल गर्दै आर्थिक गतिविधिलाई निरन्तरता दिनुको विकल्प हामीसंग छैन ।

आर्थिक गतिविधिले गतिलिन थालेको अवस्थामा मुलुक आर्थिक संकटतर्फ उन्मूख हुन लागेको हो कि भन्ने चिन्ता वढेको छ । यस्तो स्थितिमा उद्योग व्यवसायको संचालन र रोजगारी प्रभावित हुने हुंदा आउने चूनौतीको सामना गर्न हामी वीच थप समझदारी र सहकार्यको लागि अपिल गर्दछु ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by